‘रोमियो एण्ड मुना’को रोमान्टिक गीतमा सृष्टि र विनयको लोभ लाग्दो केमेस्ट्री



रंगखबर, काठमाडौँ– प्रतिक्षित चलचित्र रोमियो एण्ड मुनाको रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘तिम्रै लागि हो’ बोल रहेको उक्त गीतमा विनय र सृष्टिको केमेस्ट्री निकै लोभ लाग्दो तरिकाले देखाईएको छ । हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा गौरव डगोकरले आवाज दिएका छन ।

 

भी. मोसन पिक्चर्स र के. एस. प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई नरेश कुमार केसीले लेखन तथा निर्देशन गरेका हुन् । प्रसन्न गोपालीको लगानीमा बनेको चलचित्रमा बिनय श्रेष्ठ र शृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको छ। यहि साउन ११ गतेबाट देशभर प्रदर्शन हुन् लागेको चलचित्रमा बिनय र शृष्टिका अलावा प्रज्वल सुजल गिरि, शुष्मा कार्की, सुरक्षा पन्त, बसुन्धरा भुसालको पनि अभिनय रहेको छ ।

गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्