प्रियंकाको हट बेड सिनसँगै रिलिज भयो ‘कथा काठमाण्डु’ को पहिलो गीत



रंगखबर, काठमाडौँ-  केहि समय अघि फस्ट लुक पोस्टरका कारण चर्चा चलचित्र ‘कथा काठमाण्डु’ को पहिलो गीत सार्वजनिक भएको छ । आईतबार काठमाडौँमा पत्रकार सम्मेलनका बीच ‘रातका कुरा’ बोल रहेको उक्त  गीत निर्माण टिमले दर्शक माझ छोडेको हो । सार्वजनिक गीतमा प्रियंका कार्की र प्रमोद अग्रहरीलाई देखाइएको छ । ईन्दिरा जोशीको बोल्ड आवाजमा सजिएको उक्त गीतको भिडियो पनि उक्त्तिकै बोल्ड छ । जसमा प्रियंका र प्रमोदको अन्तरंग दृश्यलाई निकै बोल्ड तरिकाले खिचिएको छ । सम्भवत अभिनेत्री प्रियंका र प्रमोदले यसरी खुलेर कुनै पनि चलचित्रमा अन्तरंग दृश्य दिएका थिएनन ।

गीत हेर्नुस :

 

संगीत श्रेष्ठ निर्देशित चलचित्र काठमाडौँमा बस्ने ३ जोडीहरुको कथा हो जसमा कामबासना, प्रेम र जिन्दगीको कथालाई देखाउन खोजिएको छ। निर्माता  विजय राईको निर्माण रहेको ‘कथा काठमाण्डु’ मा लुज सिंहको छायांकन र मित्र गुरुङको सम्पादन छ । साथै निर्देशक स्वयंको पटकथा रहेको छ।

यहि असोज १२ गतेबाट प्रदर्शनमा आउँन लागेको चलचित्रमा प्रियंका र प्रमोदका अलावा सन्ध्या केसी, आयुष्मान जोशी , सन्जोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्