करोडौको लगानीमा बन्ने भयो नेपाली ‘एलियन्स’



रंगखबर, काठमाडौँ – नेपालमा नै  पहिलो पटक एलियनको कथामा आधारित चलचित्र बन्ने भएको छ। उक्त चलचित्रको नाम एलियन्स रहने बताईएको छ। चलचित्रमा  लोकनाथ गौतमको  निर्देशन रहने छ।

श्रोतका अनुसार यतिबेला स्क्रिप्ट तथा लोकेशनको  काम भइरहेको जानकारी प्राप्त भएको छ। सो चलचित्र एलियन्सको लागि एलियनको बारेमा दुइ बर्ष रिसर्च गरे पछि मात्र स्क्रिप्टको काम शुरु गरिएको हो।

चलचित्र एलियन्सको अनुमानित बजेट दश करोड सम्म पुग्ने निर्देशकले बताएका छन्। साथै अब चाँडै चलचित्रको बारेमा औपचारिक कार्यक्रम गरेर सम्पूर्ण जानकारी प्रदान गरिने निर्देशक  गौतमले बताएका छन्।

यदि यो चलचित्र बन्यो नेपाली सिने जगतमा एउटा नयाँ प्रयोग साबित हुने छ। जसले नेपाली चलचित्र उद्योगको स्तरलाई अझ माथी लैजान सक्ने सम्भावना देखिन्छ।

प्रतिक्रिया दिनुहोस्