‘नाइँ नभन्नु ल ५’ को शिर्ष गीत सार्वजनिक



रंगखबर, काठमाडौँ – मल्टी स्टारर नेपाली चलचित्र ‘नाइँ नभन्नु ल सिरिज’को पाँचौ सिक्वेलको शिर्ष गीत  सार्वजनिक गरिएको छ। चलचित्र निर्माण टीमले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरेको हो।

सो गीतमा मेलिना राईको स्वर छ साथै दिनेश थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत छ। उक्त गीतमा चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का तथा नव नायक अभिषेक नेपाललाई फिचर गरिएको छ।

गीतको छायांकन पुर्वका सिन्धुली झापा तथा इलाम लगायतका विभिन्न ठाउँहरुमा  गरिएको छ। चलचित्र भदौको ८ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रलाई विकाश राज आचार्यले निर्देशन गरेका हुन्।

चलचित्र झापा तथा इलामका रमणीय स्थलहरुमा छायांकन गरिएको छ। नेपाली चलचित्र क्षेत्रबाट टाढै रहँदै आएकी अभिनेत्री निरुता सिंहले पनि यसैबाट चलचित्र क्षेत्रमा कमब्याक गरेकी छन्। उनि सँगै दर्शकले अत्याधिक रुचाएका नायक दिलिप रायमाझीलाई पनि यो चलचित्रमा देख्न सकिन्छ।

वनटाइम सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘नाइँ नभन्नु ल’ मा प्रियंका कार्की,केकी अधिकारी,अनुभव रेग्मी,स्वस्तिमा खड्का तथा बुद्दि तामाङ आदि कलाकारहरुको मुख्य अभिनय रहेको छ।

यो चलचित्रलाई सामिप्य राज तिमल्सिना र विकास राज आचार्यले लेखेका हुन् भने हरीबोल भण्डारी र गौरी जोशीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्