‘इन्टु मिन्टू लन्डनमा’को पहिलो गीतमा साम्रागी र धिरजको लोभ लाग्दो केमेस्ट्री – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- बर्ष कै प्रतिक्षित  चलचित्र ‘इन्टु मिन्टू लन्डनमा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘उडायो हावाले’ बोल रहेको उक्त गीत लण्डनमा छायांकन गरिएको हो ।उक्त  गीतको भिडियोमा डेव्यु नायक धिरज मगरले साम्राज्ञीलाई साथ दिएका छन् । हर्कुलस बस्नेत र निकिता थापाको स्वर रहेको उक्त गीतमा हर्कुलस बस्नेतकै शब्द संगीत रहेको छ । गीतलाई रिकेश गुरुङ र हर्कुलस आफैले एरेन्ज गरेका हुन्।  गीतमा साम्रागी र धिरजको जोडीलाई एकदमै लोभलाग्दो तरिकाले प्रस्तुत गरिएको छ ।

गीत हेर्नुस :

आईकोर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा कोरियोग्राफीमा १० बर्षको अनुभव बटुलेकी चर्चित कोरियोग्राफर रेनषा बान्तवा राईको डेब्यु निर्देशन रहेको छ। चलचित्रलाई प्रज्वल समशेर राणाले निर्माण गरेका हुन। छायांकनका लागि करिब ६१ दिन लागेको चलचित्र ३० प्रतिशत नेपालमा र बाकी सबै यु.के. गरिएको हो। यहि असोज ५ गतेलाई तय गरिएको चलचित्रमा साम्रागी र धिरजका अलावा शाहरुख ताम्राकारको पनि मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्