सुश्री सम्पत्तिको पहिलो गीत सार्वजनिक – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ-  केहि दिन अघि मात्र सम्पूर्ण छायांकन सकिएको चलचित्र ‘सुश्री सम्पत्ति’को ’हुकुम’ बोलको गीत सार्वजनिक  गरिएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले सो पहिलो गीत दर्शक माझ छोडेको हो । गीतमा अभिनेता सलोन बस्नेत, बिनोद न्यौपाने र अभिनेत्री सारा सिर्पालीलाई फिचर्ड गरिएको गीतमा दरबारमा भारदारहरूसँगको नाचलाई प्रस्तुत गरिएको छ भने पोसाक पनि त्यही अनुरूप तयार गरिएको छ ।

गीत हेर्नुस :

 

गम्भीर विष्टले कोरियोग्राफी गर्दै गरेको उक्त गीतमा मेलिना राई र विशाल राईको स्वर तथा सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको छ । पाटनको दरबार परिसरमा छायांकन भै रहेको उक्त गीतलाई शिवराम श्रेष्ठले खिचिरहेका छन ।

रमेश त्वायना प्रस्तुतकर्ता तथा रंगपत्रकार सुव्रत आचार्यले निर्देशन गरेको चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी रहेको छ । चलचित्रमा सलोन, सारा र विनोदका अलावा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ भने  प्रियंका कार्कीको पनि केमियो रोल रहेको छ । चलचित्र यहि भदौ २२ गते प्रदर्शन हुने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्