कायराको ‘यो त माया हो’ सार्वजनीक – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- केहि दिन अघि पहिलो गीत र ट्रेलर सार्वजनिक गरेर चर्चामा रहेको चलचित्र ‘कायरा’को दोश्रो गीत सार्वजनिक भएको छ । ‘यो त माया हो’ बोल रहेको उक्त गीतमा चलचित्रका मुख्य पात्रहरु आर्यन सिग्देल र साम्रागी राज्यलक्ष्मी शाह फिचर्ड भएका छन । सुगम पोखरेल र श्रेया सोताङ्गको सुमधुर अवाजमा सजिएको उक्त गीतमा संचारकर्मी नरेश भट्टराईको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ ।

गीत हेर्नुस :

आर्यन सिग्देल ईन्टरटेमेन्ट र रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरॆका छन भने आर्यन सिग्देल र लक्ष्मण रिजालको लगानी रहेको छ । कोशिश क्षेत्रि, अर्जुन पोखरेल र कल्या सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी रहेको चलचित्रमा आर्यन र साम्राज्ञीका अलावा शिशिर राणा, हितेश शर्मा, त्रोयेश न्यौपाने, मरिषा श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको छ । चलचित्र यहि साउन १८ गतेबाट देशभर प्रदर्शनमा आउदै छ ।

प्रतिक्रिया दिनुहोस्