‘मेरी मामु’ शिर्ष गीतमा आयुबलाई मातृशोक



रंगखबर, काठमाडौँ – भदौ १५ मा रिलिज हुने फिल्म ‘मेरी मामु’को शिर्ष गीत सार्वजनिक गरिएको छ । शिर्ष गीतमा मुख्य कलाकार आयुब सेन मातृशोकमा परेका छन् ।


आयुब फिल्म निर्माता सन्तोष सेनका छोरा हुन् । कमेडी र लभस्टोरी फिल्म निर्माण गरिसकेका सेनले यस पटक ६ वर्षीय छोरालाई फोकस्ड गरि बालमनोविज्ञानमा लगानी गरेका छन् । ‘मेरी मामु’मा आमाको भूमिका डेब्यु गर्ल कुसुम गुरुङले निर्वाह गरेकी छन् ।


सार्वजनिक गीतमा रवि मल्लको शब्द सिर्जना, कल्याण सिंहको संगीत र रोहितजंग क्षेत्रीको भोकल छ । गीत मा ‘रानी’ डेब्यु अभिनेता शारुक ताम्राकारलाई पनि देखाइएको छ । याम थापाको लेखन, निर्देशन रहेको फिल्ममा ‘प्रेमगीत २’ फ्रेम्ड अभिनेत्री अश्लेषा ठकुरीको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्