निश्चल र स्वस्तिमाको ‘नाच फिरिरी’



रंगखबर, काठमाडौँ – निर्देशक/अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको गीत सार्वजनिक भएको छ । फिल्म क्षेत्रको चर्चित रियल कपललाई गीतको भिडियोमा सुन्दर देखिएको छ ।

महेश काफ्लेको शब्द/संगीत र स्वरमा बनेको ‘नाच फिरिरी’ गीतमा मेलिना राईको पनि स्वर छ । निश्चल र स्वस्तिमाले कम्मर मर्काएको ‘कुटुमा कुटु’ बोलको गीत युट्युबमा सर्वाधिक चर्चित छ ।

गीतमा यो जोडीका अलावा क्रिष्टल क्लाउज डान्स क्रु र प्रकाश घिमिरेको पनि अभिनय छ । निश्चलकै निर्देशन गरेको गीतमा शिवराम श्रेष्ठ/सुरज श्रेष्ठको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्