सुटुक्क इन्गेजमेन्ट पछि प्रियंकाले छोड्नु पर्यो ‘भारत’



रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय अभिनयले भन्दा प्रेमका कारण हेडलाइन बनिरहेकी छन् । हलिउड पप गायक निक जोनससँगको खुल्लमखुल्ला प्रेमले प्रियंका हटकेक बनेकी हुन् ।

र पछिल्लो खबर फ्यानलाई आश्चर्यचकित पार्ने खालको छ ।  प्रियंकाको ३६ औँ  जन्मदिनमा यी दुईले सुटुक्क इन्गेजमेन्ट गरेका थिए । एक अमेरिकी मिडियाका अनुसार लण्डनमा यी दुईले इन्गेजमेन्ट गरेका थिए । निकले प्रियंकाका लागि न्यु योर्क सिटीको टिफेनी स्टोरबाट औँठी किनेका थिए ।

स्रोतका अनुसार प्रियंका र निकले यहिँ वर्ष लगनगाँठो कस्न सक्ने बताइएको छ । यी दुईले आफ्नो प्रेमलाई सार्वजनिक गरिसकेका छन् । भने दुवै तर्फको पारिवारिक स्रोतबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ । यी दुई डेटिङका क्रममा थुप्रै पटक फेला पनि परेका छन् ।

पछिल्लो पटक प्रियंका ४ जुलाई अमेरिकी स्वत्रन्त्रता दिवसको दिन निकको पारिवारिक फोटोमा अटाएकी थिइन् । त्यस्तै निकले प्रियंकासँगै भारत भ्रमण पनि गरिसकेका छन् ।

निकका कारण छोड्नु पर्यो ‘भारत’

प्रियंका अलि अब्बास जफरले निर्देशन गर्ने ‘भारत’मा अनुबन्धित थिइन् ।   तर, शुक्रबार निर्देशकले ट्वीट मार्फत प्रियंका ‘भारत’बाट आउट भएको जानकारी दिएका छन् । कारणमा पिसी (प्रियंका चोपडा) निकसँग व्यस्त रहेकोले फिल्मबाट हात झिक्नु परेको बताएका छन् । साथै उनको निर्णयप्रति खुसि व्यक्त गर्दै अब्बासले शुभकामना पनि दिएका छन् ।

 

यो फिल्ममा सलमान खानको मुख्य भूमिका छ । टिम अब दीपिका पादुकोण, करीना कपूर खान, अनुष्का शर्मा, कट्रिना कैफ मध्ये एकलाई  फिल्ममा भित्र्याउने सोचमा छ ।

प्रतिक्रिया दिनुहोस्