‘जय शम्भु’मा वर्षाका लागि अनुपविक्रम र प्रशान्तको द्वन्द



रंगखबर, काठमाडौँ – अनुपविक्रम शाही, वर्षा सिवाकोटी र प्रशान्त ताम्राकारको मुख्य भूमिका रहेको फिल्म ‘जय शम्भु’को ट्रेलर रिलिज भएको छ ।

एक्सन फोकस्ड ट्रेलरमा अनुपविक्रम र प्रशान्तविच वर्षाले द्वन्द पैदा गरेकी छन् । फिल्म यी तीन कलाकार वरिपरि घुमेको अनुमान गर्न सकिन्छ । रुपेश तामाङको लेखन, निर्देशनमा निर्मित फिल्ममा अरविन्द्र मान शाक्यको लगानी छ ।

अस्ट्रेलियाकी शिक्षा काफ्लेसँगै कुशल शर्माले सह-लगानी भरेको फिल्मका कार्यकारी निर्माता चक्र तामाङ हुन् । भदौ १ मा रिलिज हुने फिल्मको संगीतमा टंक बुढाथोकी, एक्सनमा श्री श्रेष्ठ, सम्पादकमा बनिश शाह, छायाँकारमा हरिघले लामा र कोरियोग्राफीमा रामजी लामिछाने छन् ।

प्रतिक्रिया दिनुहोस्