‘मिस्टर भर्जिन’मा तीन युवाको यौनतिर्खा



रंगखबर, काठमाडौँ – तीन युवाको यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’को ट्रेलर रिलिज भएको छ । विशारद बस्नेत निर्देशित फिल्ममा गौरव पहारी, कमलमणि नेपाल र विजय बरालले मुख्य भूमिका निर्वाह गरेका छन् ।

यौन विषयलाई कमेडीमा प्रस्तुत गरिएको फिल्ममा मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बाको पनि अभिनय छ ।

महेश दवाडीको संवाद रहेको फिल्ममा विशारद बस्नेत, विजय थापा, अजय पन्त, हिरा लामा, सन्तोष बोहरा, कपिल खड्का, स्नेहा पौडेल र महेश दवाडीको पटकथा/संवाद छ ।

भदौ १ गते रिलिज हुने फिल्ममा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, विशारद बस्नेतको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्