‘छक्का पन्जा ३’को ‘पहिलो नम्बर’मा कलाकारको जन्त !



रंगखबर, काठमाडौँ – फिल्म ‘छक्का पन्जा ३’को पहिलो गीत ‘पहिलो नम्बर’मा सार्वजनिक भएको भएको छ । विहे पार्टी डान्सिङ नम्बरमा फिल्मका थुप्रै कलाकारले कम्मर मर्काएका छन् ।

गीतको अन्त्यमा दर्शक माँझ उत्सुकता जगाउन दीपकराज गिरीको विवाह प्रियंका कार्की र दीपिका प्रशाईसँग गराइएको दृश्य पनि समेटिएको छ । कविराज गहतराजले गीतमा दीपकराज, प्रियंका र दीपिकासँगै दीपाश्री निरौला, बुद्दि तामाङ, केदार घिमिरे, जितु नेपाल, स्वस्तिमा खड्का, वर्षा राउत, संजोग कोइराला र सुमन गिरीलगायतले कम्मर मर्काउन सिकाएका छन् ।

राजेन्द्र थापाको शब्दमा दीपक शर्माले संगीत भरेको गीतमा डेभिड शंकर र बिन्दु परियारले स्वर दिएका छन् । दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ३’मा निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामालगायतका कलाकारको अभिनय छ ।

केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजागाइ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनिया, केशव न्यौपाने निर्माताको रुपमा छन् ।

यहिँ दशैँमा रिलिज टार्गेट गरिएको फिल्ममा दीपकराज गिरीको पटकथा/संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्