मल्टीप्लेक्समा ‘कायरा’को एडभान्स बुकिंग खुल्यो



रंगखबर, काठमाडौँ – अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी स्टारर फिल्म ‘कायरा’को एडभान्स बुकिंग खुला गरिएको छ । देशभरका मल्टीप्लेक्सले आफ्नो अफिसियल वेभसाइटमा शुक्रबारे नयाँ रिलिजका लागि एडभान्स बुकिंग खुला गरेका छन् ।

यो साता मल्टीप्लेक्समा एभरेज चर्चाका नेपालीसँगै बलिउड र हलिउडबाट गरि चार फिल्मले प्रतिस्प्रर्धा गर्दैछन । यी सँगै प्रदर्शनरत ५ फिल्महरुले अर्को साताको प्रदर्शन तय गर्दैछन् । यी फिल्मको भिडमा ‘कायरा’ले मल्टीप्लेक्समा राम्रो शोज पाउँन सफल भएको छ । नेपाली रिलिज ‘झमक बहादुर’ले भने मल्टीप्लेक्समा न्यून शोजमा चित्त बुझाउनु परेको छ ।

देशकै ठुलो मल्टीप्लेक्स च्यानल क्युएफएक्सले देशभरका ७ स्टेसनमा ‘कायरा’लाई १६ शोज दिएको छ । यसमा पोखरामा संचालित सिनेप्लेक्सको शोज जोडिएको छैन ।
त्यस्तै राजधानीका बिग मुभिज, क्युज सिनेमाज, बिएसआर मुभिज र एफक्युबमा फिल्मले १२ शोज पाएको छ ।

वितरक सुनिल मानन्धरका अनुसार फिल्म देशभरका ८० ओटा बढी हलमा प्रदर्शन हुँदैछ । आर्यन र साम्राज्ञीले पहिलो पटक स्क्रिन शेयर गरेकाले ‘कायरा’ले राम्रो व्यापार गर्न सक्ने अनुमान गरिएको छ ।

लक्ष्मण रिजाल निर्देशित फिल्ममा साम्राज्ञी शिर्ष भूमिकामा छिन् ।

प्रतिक्रिया दिनुहोस्