बन्ने भयो ‘प्रेम चरी’



रंगखबर, काठमाडौँ- बिचल किरातीको निर्देशनमा फिल्म ‘प्रेम चरी’ बन्ने  भएको छ। एस बि आर फिल्म्स र  आई स्टार इन्टरनेसनल  फिल्मसको ब्यानरमा बन्न लागेको फिल्ममा  संजय श्री र मोनिका कुमारी ठाकुरको लगानी रहने छ । चन्द्र भट्टराईको कथा, वन गौतमको छायांकन, रेवन्त थापाको द्वन्द्व रहने फिल्ममा  रामजी लामिछानेको कोरियोग्राफी रहने छ ।

एक्सन लभ स्टोरीमा बन्न लागेको फिल्ममा पुस्कर रेग्मी , रेश्मा सुबेदी , सपना ओली , संजय श्री र मनमोहन ठाकुर ( दिलिप) को प्रमुख अभिनय रहने छ । फिल्म करिब ६० लाखको लागतमा बन्ने जानकारी पनि निर्माण टिमले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्