अगस्त ४ को दिन, किन बिर्सन सक्दैनन् तीन खान ?



रंगखबर, काठमाडौँ – बलिउड बक्स अफिसका तीन सुपरस्टार आमिर खान, सलमान खान र शाहरुख खानका लागि आज अर्थात अगस्त ४ को दिन अशुभ मानिन्छ । संयोगपनि कस्तो यी तीनै अभिनेताको लागि अगस्त ४ को मिति सम्झिनु न बिर्सनु भएको छ ।

सम्झिउन पनि कसरी ?, जो मितिमा यी अभिनेताले बक्स अफिसमा ठुलो झट्का खाएका थिए । यो मितिका रिलिज भएका तीनै फिल्मले बक्स अफिसमा पानि भन्न पनि पाएनन् । कुन फिल्म थिए त, जो अगस्त ४ मा रिलिज भएर नराम्रोसँग डुबे । आउनुहोस् चर्चा गरौ ।

आमिर खान

सन्  १९९५ मा रिलिज भएको ‘आतंक ही आतंक’ आमिरको करिअरकै ‘बिगेस्ट फ्लप’ मानिन्छ । यस एक्सन इन्टरटेनमेन्टमा दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको पनि अभिनय थियो । पहिलो दिन ३१ लाख कलेक्सन गरेको फिल्मले लाइफटाइम जम्मा २.५० करोड कमाई गरेको थियो । यो फिल्मको असफलता पश्चात आमिरले १९९३ देखि १९९८ को विचमा आफुले राम्रो फिल्म छान्न नसकेको महसुस गरेका थिए ।

सलमान खान

‘हर दिल जो प्यार करेगा’को सफलता पश्चात रिलिज भएको ‘सादी कर्के फसगया यार’ बक्स अफिसमा यसरि फ्लप भएको थियो । की जसको कमाई सुनेर जो-कोहिले जिब्रो टोक्छ । सलमानको अपोजिट सुष्मिता शेन रहेको फिल्मले पहिलो दिन ४२ लाख कलेक्सन गरेको थियो र लाइफटाइम १.९१ करोड मै खुम्चियो । जहाँ फिल्मको टोटल बजेट नै ११ करोड थियो ।

फिल्म सन् २००६ मा रिलिज भएको थियो । २००६ देखि   २००९ सम्म सलमानको लागि संक्रमणकालीन समय थियो ।

शाहरुख खान

शाहरुखले अगस्त ४ को पिडा भोगेको जम्मा एक वर्ष पुगेको छ । २०१७ मा रिलिज ‘जब ह्यारी मेट सेजल’को असफलताले शाहरुख सोच्न बाध्य बनाएको थियो । पहिलो दिन १५ करोडको राम्रो ओपनिङ गरेको फिल्मले लाइफटाइम ६१ करोड मात्र कमाउन सक्यो । जहाँ फिल्मको बजेट ९० करोड माथि थियो ।

प्रतिक्रिया दिनुहोस्