प्रमोसनलाई तिव्र बनाउदै ‘मिस्टर भर्जिन’का टिम



रंगखबर, काठमाडौँ- यहि भदौ १ गतेबाट देशभर प्रदर्शन हुन लागेको फिल्म मिस्टर भर्जिनले प्रमोसन लाई तिव्र बनाएको छ । फिल्मका निर्माण टिम अब  फिल्म प्रमोसनका लागि मोफसल यात्रा गर्ने तयारी गरिरहेको छ निर्माण टिमले यहि २१ गतेबाट देशका विभिन्न ठाउँमा कन्सर्ट गर्ने भएको छ । पोखरा बाट सुरु गरिने उक्त टुर बुटवल्,चितवन्,हेटौंडा, धरान,बिर्तामोड, दमक सम्म पुगेर फिल्मको प्रमोसन गर्ने जानकारी निर्माण टिमले दिएको छ ।

कलाकारहरु  गौरब पहारी लगायत मरिस्का पोखरेल , कमलमणि नेपाल, रविन्द्र झा सहित अन्य गायक गायिका समेत सहभागी हुने सो मोफसल टुरको मुख्य टार्गेट भनेको दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट लगायत फिल्मका बारे अझ बढी जानकारी गराउने हुनेछ  । वर्ल्ड  वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको फिल्मलाई  लाई विषारत बस्नेतले निर्देशन गरेका हुन भने खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, र विषारत बस्नेतको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्