बालापनको चिन्ता गर्दै अनुभव र सेड्रीना



रंगखबर, काठमाडौँ – फिल्म ‘नाई नभन्नु ल ५’को दोस्रो गीत सार्वजनिक भएको छ । समिक्षा अधिकारीको एकल स्वर रहेको ‘बालापनको उमेर’ बोलको गीतमा बालकलाकार अनुभव रेग्मी र सेड्रीना शर्माले कम्मर मर्काएका छन् ।

बसन्त सापकोटाको शब्द/संगीतमा बनेको गीत सुन्दा आरामदायी छ । बालापन र मित्रताको कुरा गरिएको गीतको भाव भिडियोमा भने झल्किएको छैन । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

बिकाशराज आचार्यको निर्देशन रहेको ‘नाई नभन्नु ल ५’को लेखक समिप्यराज तिमिल्सिनासँगै निर्देशक आचार्य पनि हुन् । भदौ ८ गते रिलिज हुने फिल्ममा अनुभव र सेड्रीनाका अलावा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, दीलिप रायमाझी, निरुता सिंहलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्