रंगखबर, काठमाडौँ- सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’को शिर्ष गीतको छायांकन सकिएको छ। निर्माण टिमले गीत छायांकनका केहि तस्बिरहरु सार्वजनिक गरेका छन्। तस्बिरमा आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा देखिएका छन्।
गीतको छायांकन कुलेखानी तथा राजधानीका विभिन्न ठाउँहरुमा गरिएको छ। छायांकन पाँच दिन लगाएर गरिएको हो। अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतमा कविराज गहतराजले कोरियोग्राफ गरेका छन ।
फिल्ममा रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण छ । आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि अभिनय रहेको छ । फिल्म यहि असोज ५ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।