‘रामकहानी’सँग ‘रोजी’ भिड्दा, निकिताविरुद्द खनीइन पूजा – भिडियो



रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्माले चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलप्रति आक्रोष व्यक्त गरेकी छन् ।

उनले ‘रामकहानी’सँग गोपीकृष्ण मुभिजको ‘रोजी’ भिडाउदा आफुलाई अन्याय भएको बताएकी छन् । उनले फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष पौडेलको सोच र पदमा बस्नु आपत्तिको विषय भएको आरोप पनि लगाएकी छन् ।

महिला भएर महिलाको फिल्मसँग जुध्न आउनु अध्यक्ष पौडेलले योजना बुनेकोसमेत पूजाले उल्लेख गरेकी छन् । पौडेलले नेपाली चलचित्रको विकास भन्दा पनि विनाश गरेको आरोप पूजाको स्टाटसमा झल्किन्छ ।

बोर्ड अध्यक्ष बनेपछि नेपाली फिल्मको इतिहाँसमा पहिलो पटक बक्स अफिस सिस्टम लागु गरेर लोकप्रिय बनेकी निकिताकाविरुद्द यो पहिलो असन्तुष्टि हो ।

पूजाको लगानी रहेको ‘रामकहानी’ र गोपीकृष्ण मुभिजको ‘रोजी’ भदौ २२ गते रिलिज हुदैछन । ‘रामकहानी’को पुर्वघोषित मितिमा ‘रोजी’ भिड्न आउँदा फिल्म क्षेत्रमा राम्रै तरंग पैदा भएको थियो । यो तरंग अझ रन्किनेमा दुई मत छैन ।

यस्तो छ स्टाटस

प्रतिक्रिया दिनुहोस्