करण जोहरको ऐतीहासिक फिल्ममा यी ४ कलाकार पक्का



रंगखबर काठमाडौँ- बलिउडका सफल निर्देशक करण जौहरले अब ऐतीहासिक फिल्म निर्माण गर्ने भएका छन्। उनले दारा शिकोह र औरंगजेबको लडाईको बारेमा चलचित्र निर्माण गर्ने भएका हुन्।

यसमा पनि चाख लाग्दो खबर के छ भने औरंगजेबको भूमिकामा पछिल्लो समय अलाउद्दिन खिलजीको भूमिकामा निकै रुचाइएका रणबीर सिंह तथा उता संजू एक्टर रणबीर कपुर दारा शिकोहको भूमिकामा देखा पर्न सक्ने खबर सार्वजनिक भएको छ।

साथै चलचित्रमा तीन हिरोइनहरु रहने छन्। जसमा आलिया भट्ट र करिना कपुरको नाम अगाडी आएको छ साथै तेस्रोमा भने नया अनुहार कास्ट गरिने बताइएको छ।
एजेन्सीले दिएको जानकारी अनुसार यी खबरहरु प्राप्त भएका हुन् ,धर्मा प्रडक्सन र करण जौहरको तर्फ बाट आधिकरिक रुपमा भने चलचित्रको घोषणा भएको छैन्।

सुत्रका अनुसार चलचित्रको निर्देशन करण जौहर स्वयम् गर्ने छन्। यो धर्मा प्रडक्सनको सबै भन्दा महँगो चलचित्र हुने दावी गरिएको छ। खिलजी पछि रणबिर सिंह पुन: नेगेटिब रोलमा देखिनेछन्।

प्रतिक्रिया दिनुहोस्