‘राम्री हुनी गाजलुले हो’ भन्दै अमृताले ल्याइन् तीजको गीत- भिडियो



रंगखबर, काठमाडौं – गायिका अमृता लुङ्गेली मगरले तीजको मौलीक गीत लीएर आम स्रोता तथा दर्शकमाझ आएकी छिन् ।
राम्री हुनी गाजलुले हो । बोलको मौलीक गीत मार्फत यसपाली तीजमा आफुले दर्शक स्रोताका लागि कोसेली ल्याएको अमृताले बताएकी छिन् । तीजका अवसरमा निस्कने गीतमा विकृति बढेकोले आफु भने मौलिक गीतमा लागेको अमृताले बताएकी छिन् । यसै कारण तीजको संस्कृतिलाई धान्दै आफुले गीतकार शान्तिप्रियलाई त्यहिखाले शब्द र संगीतकार सन्तोष श्रेष्ठलाई मौलिक लय तयार पार्नका लागि आग्रह गरेको बताइन् ।

https://www.youtube.com/watch?v=I9XXh_zmACE
रामी हुनी गाजलुले हो बोलको अमृताको यस गीतको शब्द बरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रियले लेखेका हुन् भने चर्चीत संगीतकार सन्तोष श्रेष्ठले लय तयार पारेको हुन् । गीतमा एरेञ्ज भने कृष्ण पुनको रहेको छ ।


गतको भिडियो पनि तयार पारीएको छ । गीतमा शब्दलाई पछ्याउँदै सकभर मौलिक गहना समेत समेट्ने प्रयास गरीएको छ । गीतमा साबीत्रा बस्नेत भुजेलले मोडलीङ गरेकी छिन् । गीतका छायांकार शुरेश श्रेष्ठ हुन् भने सम्पादन प्रकाश धमलाले गरेका छन् । गुरुआमा फिल्मस्ले तयार पारेको भिडियोमा निर्देशक भने स्मृति तिमील्सीना रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्