दोश्रो हप्तामा ‘कायरा’, यस्तो छ एक हप्ताको कलेक्सन



रंगखबर, काठमाडौँ- गत शुक्रबारबाट अल नेपाल प्रदर्शन भएको फिल्म ‘कायरा’ दोश्रो सातामा प्रवेश गरेको छ । आर्यन र साम्रागी अभिनित म्युजिकल लभ स्टोरीलाई दोश्रो साता सम्म पनि दर्शकको साथ राम्रै मिलेको छ । दोश्रो साता सम्म आई पुग्दा निर्माण टिमले अहिले सम्मको कलेक्सन पनि सार्वजनिक गरेको छ ।

पहिलो दुई दिनमा ९५ लाख प्लस ग्रस कलेक्सन गरेको फिल्मले आईतबार बाट भने कमजोर ब्यापार गर्न थालेको थियो । जोखिमपूर्ण प्रतिक्रियाका बाबजुत फिल्मले आईतबारबाट अल नेपाल १६ लाख, सोमबार १८ लाख , मंगलबार १३ लाख , बुधबार ११ लाख र बिहिबार ९ लाख कलेक्सन गरेको थियो । तसर्थ सात दिनको हिसाव जोड्दा कायराको कूल कलेक्सन १ करोड ६२ लाख देखिएको छ । यो कलेक्सनमा राजधानीको हिस्सा ९२ लाख र मोफसलको ७० लाख छ ।

 

फिल्म अहिले दुबईका विभिन्न सहरहरुमा पनि प्रदर्शन भै रहेको छ । दुबई प्रदर्शनकै लागि भनेर आर्यन र साम्रागी बुधबार मात्र दुबई प्रस्थान गरि सकेका छन । दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाई रहेको फिल्मलाई दर्शकहरुले यो साताबाट करिब १६ मिनेट सम्पादन गरि २ घण्टा ५ मिनेट सम्म हेर्न पाउने छन ।

प्रतिक्रिया दिनुहोस्