वर्षा बाहिरिदा ‘गोपी’मा वर्षाको इन्ट्री



रंगखबर, काठमाडौँ – संचारकर्मी दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘गोपी’बाट अभिनेत्री वर्षा सिवाकोटीले हात झिकेकी छन् । अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा वर्षा बाहिरिए पछि अभिनेत्री वर्षा राउतको इन्ट्री भएको छ । अब फिल्ममा खगेन्द्रसँग वर्षा राउतले रोमान्स गर्नेछिन् ।

फिल्ममा खगेन्द्रको अपोजिट अभिनेत्री सुरक्षा पन्त फाईनल भैसकेकी छन् । छायाँकनमा जाने तयारी गरिरहेका बेला वर्षाले हात झिक्नुको कारण, समय दिन नसक्नु बताइएको छ । उनले सहमतिमै फिल्म छोडेको निर्माण पक्षले बताएको छ । फिल्मको अहिले वर्कसप चलिरहेको छ ।

भदौ १ देखि छायाँकनमा जाने भनिएको फिल्मलाई आगामी चैत १५ रिलिज टार्गेट रखिएको छ । आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा अंकित खड्का, प्रकाश घिमिरे, भाेला सापकाेटा, हिउँबाला गाैतम, कुन्ती सिमालीलगायतले पनि अभिनय गर्नेछन् ।

फिल्ममा निर्देशक लामाको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र न्ह्यू बज्राचार्य/अर्जुन पोखरेल/कल्याण सिंहको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्