प्रमोसनको नँया तरिका अपनाउदै मोफसलका होटल-होटलमा जय शम्भुका टिम



रंगखबर, काठमाडौँ- चलचित्र  जय शम्भु टिम यतिबेला चलचित्रको प्रचार प्रसारको लागि मोफसल यात्रामा व्यस्त बनेका  छन् । चलचित्र  युनिटले शुक्रवार बेलुका पोखराको सबै रात्रिकालिन होटलहरुमा आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई चलचित्रको बारेमा जानकारी गराएका छन् ।

उक्त कार्यक्रम सकाएको चलचित्र  युनिटले शनिबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । फिल्मका टिमले जय शम्भुको वारेमा जानकारी दिएका हुन् । एक्शन लभस्टोरी भनिएको चलचित्रका  बारेमा जानकारी गराउन कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही लगायत उपस्थित भएका थिए ।

शनिबार बेलुका बुटवलका विभिन्न स्थानहरुमा चलचित्रको  बारेमा जानकारी गराएको टीम  आइतबार बिहान बुटवलमा  पत्रकार भेटघाट कार्यक्रम सकाएर त्यहाँबाट चितवन र हेटौंडा तर्फ लाग्नेछन् ।
चितवन र हेटौंडाको कार्यक्रम सकाएर फिल्म युनिट २८ गते सोमबार काठमाडौं फर्कनेछन् । रिलिज मिती नजिकिँदै गर्दा चलचित्र युनिटले प्रचार प्रसारलाई तीव्र पारेका छन् ।

देश व्यापी प्रचार प्रसारमा देखिएका चलचित्र टिमले प्रचारको नयाँ शैली अपनाएका हुन् । जय शम्भु भाद्र १ बाट रिलिजसँगै एक्शन लभस्टोरी मन पराउने दर्शकको आशा पुरा हुने बताईएको छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् ।

चलचित्रमा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आदिको मूख्य भुमिका रहेको छ ।

चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् भने घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्