गायीका प्रेक्षाले सार्वजनिक गरिन “मेरो हजुर”- भिडियो



रंगखबर, काठमाडौँ- गायिका प्रेक्षा बम ठकुरीको “मेरो हजुर” बोलको गीत सार्वजनिक भएको छ । एक जोडीको प्रेम सम्वन्धलाई यस गीतमा प्रस्तुत गरिएको छ । यस गीतको गायनसंगै शब्द तथा संगीतपनि प्रेक्षाकै रहेको छ, भने गीतमा रिकेश गुरुङको एरेञ्ज रहेको छ ।

गीत हेर्नुस:

गीतको भाव र शब्द अनुसार भिडियोलाई निर्देशक तथा डान्स कोरियोग्राफर माइकल चन्दले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् । सधै डान्सिङ गीतको भिडियो निर्देशन गरिरहने निर्देशक माइकलले यस गीतमा भने लव–स्टोरीलाई प्रथमिकता दिएका छन् । चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले खिचेको म्युजिक भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका छन् ।

यो पनि हेर्नुस :

प्रतिक्रिया दिनुहोस्