‘इन्टु मिन्टू लन्डनमा’को दोश्रो गीत सार्वजनिक – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- बर्ष कै प्रतिक्षित चलचित्र ‘इन्टु मिन्टू लन्डन’मा’को दोश्रो गीत सार्वजनिक भएको छ । ‘लन्डनमा’ बोल रहेको उक्त गीत लण्डनमा छायांकन गरिएको हो । गीतको भिडियोमा डेव्यु नायक धिरज मगर फिचर्ड छन । गीतमा सुजिल कर्मचार्यको शब्द तथा आवाज रहेको छ ।

गीत हेर्नुस :

आईकोर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा कोरियोग्राफीमा १० बर्षको अनुभव बटुलेकी चर्चित कोरियोग्राफर रेनषा बान्तवा राईको डेब्यु निर्देशन रहेको छ। चलचित्रलाई प्रज्वल समशेर राणाले निर्माण गरेका हुन। छायांकनका लागि करिब ६१ दिन लागेको चलचित्र ३० प्रतिशत नेपालमा र बाकी सबै यु.के. गरिएको हो। यहि असोज ५ गतेलाई तय गरिएको चलचित्रमा साम्रागी र धिरजका अलावा शाहरुख ताम्राकारको पनि मुख्य भूमिका रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्