आर्यन र सृष्टिका मायामा बाँधिने कुरा



रंगखबर, काठमाडौँ – आर्यन अधिकारी र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक भएको छ । फास्ट रोमान्टिक गीतमा यी दुई कलाकारको लभ केमेस्ट्री प्रस्तुत छ ।

अर्जुन पोखरेलको शब्द/संगीतमा बनेको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

सबिर श्रेष्ठ निर्देशित फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन, बिशाल चामलिंगको अभिनय छ । भने, किशोर खड्काले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन ।

असोज ५ मा रिलिज हुने फिल्मलाई रामहरि धिताल र बिविशिका श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, राजु ढुंगानाको सम्पादन, रोशन श्रेष्ठको एक्सन र बाबु श्रेष्ठको छायाँकन छ ।

प्रतिक्रिया दिनुहोस्