गोपी’मा खगेन्द्रको ठाउँमा विपिन



रंगखबर, काठमाडौँ – छायाँकनमा जानु पाँच दिन अगाडी फिल्म ‘गोपी’बाट अभिनेता खगेन्द्र लामिछानेले हात झिकेका छन् । निर्देशक दीपेन्द्र लामाले रचनात्मक मतभेदका कारण समझदारीमै खगेन्द्रले फिल्म छोडेको बताएका छन् । यसअघि ‘गोपी’बाट अभिनेत्री  वर्षा सिवाकोटीले हात झिकिसकेकी छिन् ।

अब फिल्ममा खगेन्द्रको ठाउँमा अभिनेता विपिन कार्कीको इन्ट्री भएको छ । विपिनले एक रातमै पटकथा पढेर फिल्म खेल्न राजी भएको निर्देशक लामाले फेसबुक स्टाटसमा लेखेका छन् । उनले वर्षा सिवाकोटीको ठाउँमा भित्रिएकी वर्षा राउत र घोषणाताकादेखि नै फिल्मसँग जोडिइरहेकी सुरक्षा पन्तलाई धन्यवाद दिएका छन् ।

मनिकर्ण केसीको निर्माण रहने फिल्म अब छिट्टै छायाँकनमा जानेछ । फिल्मको लागि चैत १५ रिलिज डेट तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्