यस्तो छ ‘दाल भात तरकारी’को समिश्रण



रंगखबर , काठमाडौँ – गत वर्ष ब्लकबस्टर ‘शत्रुगते’ निर्माण गरेको व्यानर मह संचारले ‘दाल भात तरकारी’ नामक नयाँ फिल्मको घोषणा गरेको छ ।

टिमले दिएको आधिकारिक जानकारी अनुसार ‘शत्रु गते’ निर्देशक प्रदीप भट्टराईको ठाउँ सुदन केसीले लिएका छन् । सुदनका लागि यो डेब्यु निर्देशन हुनेछ । हरिबंश आचार्यको कथा/पटकथा/संवाद रहने फिल्ममा नयाँदेखि पुराना कलाकारले अभिनय गर्ने भएका छन् ।
फिल्मका कलाकारमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, किरण केसी, शिवहरि पौड्याल, राजाराम पौडेल, बसुन्धरा भुसाल, यमन श्रेष्ठ, मोहितबंश आचार्य, जयनन्द लामा, शिशिर बंग्देल, अनुराग कुँवर, विल्सनविक्रम राई, सुरेन्द्र केसीलगायत छन् ।

कमेडी जानरामा निर्माण हुने फिल्ममा शम्भुजित बाँस्कोटाको संगीत, हरिबंश आचार्यको शब्द, दिर्घ गुरुङको छायाँकन, मित्र डी गुरुङको सम्पादन र  कविराज गहतराज/प्रवीण श्रेष्ठको कोरियोग्राफी रहनेछ ।


संयुक्त निर्माण रहेको फिल्मका निर्माताहरुमा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरि पौड्याल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, शिशिर बंग्देल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली छन् । फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । मंसीरदेखि छायाँकन सुरु हुने फिल्मलाई आगामी वर्षको बैशाख १३ रिलिज डेट टार्गेट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्