‘रोजी’मा प्रदीपका चार अवतार (फोटोफिचर)



रंगखबर , काठमाडौँ – भदौ २२ को प्रतिक्षित फिल्म ‘रोजी ‘मा अभिनेता प्रदीप खड्काको अपराधी अवतारले प्रशंसक माँझ कौतुहलता सिर्जना गरेको थियो । रिलिज मुखमा निर्माण पक्षले प्रदीपका अरु तीन अवतार सार्वजनिक गरिदिएको छ ।

जुन अवतारले ‘रोजी’ अझ प्रतिक्षित बनाउने छ । अपराधी अवतारसँगका अन्य तीनमा पात्रको मुड, मनस्थिति र मनोदशा झल्किएका छन् । पहिलोमा उनि सामान्य युवक, दोस्रोमा विद्यार्थी, तेस्रोमा नोस्टाल्जिक र अपराधी देखिएका छन् ।

‘मेरा लागि यो अवसर पनि हो, चार चरित्र चित्रण गर्नु मेरा लागि च्यालेन्ज र अपर्चुनिटी दुबै हो’ उनी सुनिए, ‘प्रत्येक क्यारेक्टरका आफ्नै अर्थ र सन्देश ।’

नीरक पौडेल निर्देशित फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ । फिल्ममा प्रदीपका अलावा परमिता राज्यलक्ष्मी राणा र मिरुना मगरको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्