‘रोजी’ परिवर्तन भई बन्यो ‘रोज’, कारण यस्तो



रंगखबर, काठमाडौँ- पछिल्लो समय रिलिज डेट देखि लिएर बिभिन्न कुराहरुमा विवादमा मुछिंदै आएको चलचित्र ‘रोजी’ को निर्माण टीमले रिलिज डेट नजिकिंदै गर्दा लगभग अन्तिम समयमा आएर चलचित्रको टाइटल परिवर्तन गरेको छ। चलचित्र युनिटले एक प्रेस विज्ञप्ति जारि गर्दै चलचित्र रोजीको नाम परिवर्तन गरेर ‘रोज’ राखिएको जानकारी दिएको छ।

रोजी हत्याकाण्ड सँग चलचित्रको टाईटल तथा कथाले मेल खाने भन्दै मृतक  रोजी महर्जनका आमा र बुबाले पटक पटक चलचित्र निर्माण टीमलाई नाम परिवर्तन गर्न दवाव दिएका कारण अन्तिम समयमा आएर चलचित्रको नाम फेर्नु परेको कुरा विज्ञप्तिमा खुलाईएको छ।

चलचित्रमा प्रदिप खड्का, मिरुना मगर तथा परमिता राज्य लक्ष्मी रानाको मुख्य भूमिका रहेको छ। चलचित्र यहि भाद्र २२ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्