‘वोग’ म्यागजिनमा छापिएको तस्बिरको कारण विवादमा शाहरुख खान पुत्री



रंगखबर, काठमाडौँ- बलिउडका बादशाह शाहरुख खान पुत्री सुहाना खान अहिले विवादमा मुछिएकी छिन । केहि दिन अघि उनको पेसन लाइफस्टाइल म्यागजिन ‘वोग’ को भारतीय एडिशनको कवर पेजमा उनको  तस्वीर छापिएको थियो । सोहि तस्बिरका कारण अहिले उनि विवादमा परेकी छिन ।

सोशल मीडियामा त झन् उनको चर्कै आलोचना भई रहेको छ । कयौंले सुहाना खान यसका लागि योग्य नभएको भन्दै आलोचना गरेका छन् । उनीहरुको तर्क छ, ‘यहाँसम्म पुग्न सुहानाले केही पनि गरेकी छैनन् ।’

एजेन्सी 

प्रतिक्रिया दिनुहोस्