युडी गुरुङ्गको ‘अर्पण’को म्युजिक भिडियो सार्वजनिक



रंगखबर, काठमाडौँ- गायक युडी गुरुङ्गको  ‘लभ संग’ ‘अर्पण’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। बिगत ४ वर्षदेखि नेपाली संगीत क्षेत्रमा लागी परेका गायक गुरुङ्गको यो चौथो म्युजिक भिडियो हो। उनले यस अघि ‘मलाई तिम्रो माया भए पुग्छ’ ‘तिमीलाई पाउन सकिन ‘ तथा ‘भुलीदेउ त्यो पल’ जस्ता लभ संगहरुमा आफ्नो आवाज भरिसकेका छन्।

‘अर्पण’ मा  प्रेमिकालाई जीवन भर आफ्नो माया प्रेम अर्पण गर्ने कुरा गरिएको छ। भिडियोमा पहिलो पटक नेहा पन्तले अभिनय गरेकी छन् र उनलाई मोडल आकाश धिमालले साथ दिएका छन्। यसका साथै त्रिशाला कुँवर,निजेश तथा बिबेक निरौला समेत सहायक भूमिकामा देखिएका छन्।

गीतको भिडियो यहाँ हेर्नुहोस् ;

गीतमा संगीत डी स्टुडियोको रहेको छ, भने लिरिक्स  तथा  कम्पोज आकाश धिमालले गरेका हुन्। माया र  प्रेमको सन्देस  बोकेको गीत अर्पणलाई  गोदावरी तथा काठमाण्डौका विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको छ। जसमा क्यामेरामा आशिष गैरेको रहेको छ भने सम्पादन तथा निर्देशन गीतका  मोडल तथा कम्पोजर आकाश धिमाल आफैँले  गरेका छन्।गीतलाई  एनपी साउण्डको आधिकारिक युटुब च्यानल मार्फत शनिवार साँझ सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्