मालीकाको दोश्रो गीतमा रेखा र कमला वली एकैसाथ – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- अभिनेत्री रेखा थापाले निर्माण तथा निर्देशन गरेको चलचित्र मालिकाको दोश्रोगीत सार्वजनिक भएको छ । सर सर बोलको गीतलाई गायिका आस्था राउतले आवाज दिएकी छिन् । पहिलो गीत ‘हल्का माया’ले दर्शकहरु मन जितिरहेको बेला उक्त गीत रेखाले सार्वजनिक गरेकी हुन । गीतमा सुरेश अधिकारीको संगीत छ भने नर बहादुर कर्किको शब्द रहेको छ ।

यहि कार्तिक २१ गते अर्थात् आउँदो लक्ष्मी पुजाको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्र रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको हो । शिवम अधिकारीको कथा तथा पटकथा रहेको रहेको चलचित्र बाल विवाहलाई मुख्य विषय बनाएर बनाईएको छ । चलचित्रमा रेखा थापा र कमला वलीको मुख्य भूमिका रहेको छ ।चलचित्रको छायाँकन जाजरकोट सहित काठमाण्डौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको छ  ।

भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस्