फ्री वाई फाई दिए पछि रामकहानीले ल्यायो नँया क्याम्पिएन



रंगखबर, काठमाडौँ- वर्ष कै बहुप्रतिक्षित चलचित्र हो ‘रामकहानी’ । गत बर्ष प्रदर्शन भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ सफल भएपछि अभिनेत्री पूजा शर्माले दोश्रो पटक निर्माण तथा अभिनय गरेको चलचित्र अहिले पूजा शर्मा र आकाश श्रेष्ठको कारण चर्चामा छ । पहिलो पटक अभिनय गरेका यी दुईको जोडी हेर्न दर्शक अहिले आतुर छन । सोहि चलचित्रले अहिले भने प्रमोसनको नँया-नँया तरिका अपनाई रहेको छ । केहि समय अघि राजधानीका विभिन्न रेस्टुरेन्टहरुमा फ्री वाईफाई जडान गरि प्रमोसन गरेको निर्माण टिमले अहिले भने सिग्नेचर क्याम्पिएन सुरु गरेको छ ।

राजधानीको बसन्तपुर लगायत विभिन्न स्थानमा पुगेर केही यूवाहरुले सो क्याम्पियन सुरु गरेका छन् । ४ जनाको टिसर्टमा मानिसहरुले आ–आफ्नो स्टाइलमा रामकहानी नामको हस्ताक्षर गरेका छन , साथै हस्ताक्षर गर्नेहरुलाई चलचित्रको बारेमा जानकारी पनि दिएका थिए । जितेन्द्र खतिवडाको आइडियामा ४ जनामध्ये सर्वाधिक कसले धेरै चलचित्रको टिसर्टमा सिग्नेचर संकलन गर्ने भन्ने प्रतिस्पर्धा चलेको थियो ।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा पुजा र आकाशका अलावा जितु नेपाल, माग्ने बुढा, विल्सन बिक्रम राई, राजाराम पौडेल, शोभित बस्नेत आदि कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्