दर्शक माझ प्रतिक्षित बन्दै ‘रोज’, देशभरका आठ सहरमा म्युजिकल कर्न्सट



रंगखबर, काठमाडौँ- युवा दर्शकका ढुकढुकी बनिसकेका अभिनेता प्रदिप खड्का अभिनित चलचित्र ‘रोज’ दर्शकहरु माझ प्रतिक्षित बनिरहेको छ । क्राइम थ्रीलर ड्रामामा आधारित चलचित्रको ट्रेलर यहि बिहिबार सार्वजनिक हुनेछ ।  केहि दिन अघि रोजी बाट नाम परिवर्तन भई रोज बनेको चलचित्रले अहिले प्रमोसन सुरु गरिसकेको छ । सोहि क्रममा निर्माण टिमले मोफसल प्रमोसन पनि गर्ने भएको छ ।

प्रमोसनको थालनी यहि भदौ १४ गतेबाट पोखराबाट सुरु हुदैछ त्यसतै बुटवल, नारायणगड, ईटहरी, धरान, बिर्तामोड, दमक र अन्त्यमा राजधानीमा विभिन्न  म्युजिकल कन्सर्ट गर्ने जानकारी निर्माण टिमले दिएको छ । मोफसलमा कन्सर्ट टुर थालनी गर्ने अभिनेता खड्का र नेपाल आइडल फेम्ड प्रताप दास क्रेजलाई टुरले आत्मसात गर्ने अपेक्षा गरिएको छ ।

नीरक पौडेल निर्देशित चलचित्र २२ भदौमा देशव्यापी प्रदर्शन हुनेछ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्ट निर्माण साझेदार हुन् ।

प्रतिक्रिया दिनुहोस्