‘जय श्री दाम’को फस्ट लुक पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ- आउँदो पुस २० गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘जय श्री दाम’को अफिसियल फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्म मुख्य तीन कलाकार अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडा फिचर्ड छन । पोस्टरमा फिल्मकि मुख्य अभिनेत्री  जेबिका कार्की भने देखिएकी छैनन् ।

कमेडी जनरामा बनेको फिल्म मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको हो । बिप्लोप उप्रेतीले निर्देशन गरेको फिल्ममा  पृथ्वी उप्रेती र मनोज उप्रेती निर्माता तथा  मित्र डि गुरुङ र रविन आचार्य सह-निर्माताको रुपमा देखा परेका छन । अमरदीप सापकोटा र निर्देशक उप्रेतीको पटकथा रहेको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ।

फिल्ममा अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडाका जेबिका कार्कीका  अलावा  प्रमोद अग्रहरी र विष्णु सापकोटाको पनि मुख्य भूमिका रहेको छ

प्रतिक्रिया दिनुहोस्