रामकहानी गीत: पूजा र आकाशको यस्तो प्रेमकहानी



रंगखबर, काठमाडौँ – फिल्म ‘रामकहानी’ रोमान्टिक स्याड सङ रिलिज भएको छ । ‘आए म तिम्रो छेउ’ बोलको गीतमा फिल्मका मुख्य पात्र पूजा शर्मा र आकाश श्रेष्ठको प्रेमलाई प्रस्ट्याईएको छ ।

लिरिकल भिडियोसहितको गीतमा अर्जुन पोखरेलको शब्द/संगीत, अन्जु पन्त र सुगम पोखरेलको स्वर छ ।  सुदर्शन थापा निर्देशित कमेडी लभस्टोरी फिल्ममा पूजा र आकाशका अलावा केदार घिमिरे, जितु नेपाल, विल्सनबिक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर, सोभित बस्नेतलगायतका कलाकारको अभिनय छ ।

भदौ २२ गते रिलिज हुने फिल्मको ट्रेलर, पोस्टर र एक गीत यसअघिनै सार्वजनिक भैसकेका छन् । जसले फिल्मलाई चर्चाको शिखरमा पुर्याएको छ । महेश दवाडी र दिनेश न्यौपानेको पटकथा/संवाद रहेको फिल्ममा अर्जुन पोखरेलको शब्द/संगीत, सौरभ लामाको छायाँकन, बनिष शाह/मिलन श्रेष्ठको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्