‘ऐश्वर्य’ पछि गुमनाम भएकै हुन् त रमेश ?



रंगखबर, काठमाडौँ – २०५४ सालको फिल्म ‘पराईघर’बाट अभिनेताको पगरी भिरेका अभिनेता रमेश उप्रेती नेपाली फिल्म उद्योगका लागि नौलो नाम होइन ।

नेपाली फिल्मको लोभलाग्दो करिअरलाई बिट मार्दै अमेरिका हानिएका यी लोकप्रिय अभिनेताले २ वर्ष अगाडी ‘ब्रासलेट’ मार्फत अभिनयमा पुनरागमन गरे । तर, सोचेजस्तो सफलत पाउन सकेनन् । गत वर्ष निर्माणमा सहकार्य गरेर रमेशले ‘ऐश्वर्य’ निर्माण गरे । फिल्म व्यावसायिक रुपमा औसत भन्दा माथि रह्यो । जसले रमेशलाई केहि हदसम्म राहत पनि दियो ।

चर्चाका हिसाबले रमेशले यो फिल्ममा गरेको लगानी रिकभर भयो । तर, ‘ऐश्वर्य’ रिलिजको करिब १ वर्ष पुग्दासम्म रमेश आधिकारिक रुपमा नयाँ फिल्ममा जोडिएको खबर आएका छैनन् । जसले गर्दा रमेश पुन: फिल्म उद्योगबाट हराएका हुन् की भन्ने प्रश्न दर्शकमाँझ उब्जिएको छ ।

पछिल्लो समय फिल्म उद्योगमा दिनप्रति दिन नयाँ-नयाँ प्रतिभाहरु भित्रिरहेका छन् । यस्तोमा १ वर्षसम्म कुनै पनि फिल्ममा नजोडिनुले स्वत: आफैलाई घाटा हुन्छ । प्रतिस्प्रर्धाको यो दुनियाँमा दर्शकबाट टाढा रहँदा भोलिको दिनमा दर्शकले साथ दिनेमा पनि प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्