फस्टलुक पोस्टरमा अनमोलको ‘क्याप्टेन’



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्देशक दिवाकर भट्टराईले फेसबुक अकाउन्ट मार्फत पोस्टर सार्वजनिक गर्दै छिट्टै नै रिलिज डेट घोषणा गर्ने लेखेका छन् ।

पोस्टरमा अनमोल फुटबल खेलाडीको अवतारमा प्रस्तुत छन् । प्राय: लभरव्वायको भुमिकामा देखिने अनमोललाई यसपटक दर्शकले खेलाडीको रुपमा पाउनेछन् । एक गाउँले युवकको राष्ट्रिय स्तरसम्मको खेलाडी बन्ने संघर्षमा फिल्मको कथा घुमेको छ ।

यो फिल्ममा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

भुवन केसीले निर्माण गरेको ‘क्याप्टेन’मा सामिप्यराज तिमिल्सिनाको कथा, अर्जुन पोखरेलको संगीत, चन्द्र पन्तको द्वन्द  र कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्