प्रदीपको ‘बोलि’ माथि प्रश्न ?



रंगखबर, काठमाडौँ – अभिनेता प्रदीप खड्काले आफु अभिनित फिल्म विदेशमा छायाँकन गर्नुको रहस्य खोलेका छन् । उनले बताए अनुसार विदेशमा फिल्म खिच्नुका मुख्यत तीन कारण छन् । पहिलो कम बजेट, दोस्रो सुन्दर दृश्य र तेस्रो आफ्नो करिअर ।

‘रोज’को ट्रेलर लन्च कार्यक्रममा प्रदीपले बोलेका शब्दले उनको सोचाइमाथि प्रश्न उठाएको छ । उनले कम बजेटमै विदेशका फ्रेस लोकेशनमा फिल्म खिच्दा दर्शक हलसम्म पुग्ने र त्यसले आफुलाई सहयोग पुग्ने घुमाउरो पारामा बोलेका थिए । अहिले कन्टेन्टबेस फिल्म भन्दा पनि दर्शकलाई शितलता प्रदान गर्ने फिल्म बनाए आफु नोटिस हुने प्रदीपको विश्वास छ ।

बलिउड तीन  खानबाट प्रभावित भएका प्रदीपले ७-८ वर्ष पछि मात्र कन्टेन्टबेस फिल्म खेल्ने बताउछन । नेपाली दर्शकको हलसम्म गएर फिल्म हेर्ने बानी नबसेको प्रदीपको बुझाइ छ । तर, प्रदीपको दुर्भाग्य नै भन्नु पर्छ यी अभिनेताले विदेशमा छायाँकन गरेका ‘प्रेमगीत २ ‘, ‘लिलिबिली’ र ‘रोज’का दृश्य भन्दा ‘प्रेमगीत’को लोकेशननै दर्शकल़ाई प्रिय छन । ‘प्रेमगीत’ पूर्णत नेपालमै छायाँकन भएको थियो ।

प्रदीपको विपरित दर्शक

जसरी यी अभिनेताले दशकलाई विदेशी दृश्यले हलसम्म तान्ने बताए । दर्शक यसको ठ्याक्कै उल्टो छन् । पहिलो त विदेशमा खिचिएका फिल्महरु छायाँकनमै फेल खाएका छन् । युट्युबमा हेर्ने हो भने अधिकाँस गीतहरु नेपालमै खिचिएका हिट छन् । प्रदीपले ‘प्रेमगीत २’ प्रदर्शनमा ल्याउँदा पूजा शर्माको ‘म यस्तो गीत गाउँछु’ नेपालमै खिचिएको थियो । ‘म यस्तो गीत गाउँछु’ र ‘प्रेमगीत २’का चम्किला दृश्यको तुलना गर्दा प्रदीप निक्कै पछाडी पर्छन ।

त्यस्तै अनमोलको ‘कृ’मा विदेशमा खिचिएको ‘जानी नजानी’ गीत भन्दा नेपालमै खिचिएको ‘ढुकढुकी’ले काफि चर्चा पाएको थियो । यी त उदाहरण मात्रै हुन् प्राय: नेपालमै खिचिएका फिल्म हिट छन् । भने, विदेशमा महँगो रकम खर्चिएका फिल्मलाई दर्शकले खासै रुचाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्