‘भारत’मा लिड रोलमा प्रभाषको सम्भावना कति ?



रंगखबर, काठमाडौँ – बलिउडका मिस्टर पर्फेक्सनिष्ट आमिर खान अहिले उनको ड्रिम प्रोजेक्ट ‘महाभारत’ लाई लिएर चर्चामा छन् उनले यसका लागी भारतीय व्यवसायी मुकेश अम्बानी सँग हात मिलाई सकेका छन्। रिलायन्स इन्टरटेन्मेट सँगको साझेदारीमा निर्माण हुने उक्त चलचित्र तीन भागमा रिलिज गरिने छ। रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी आमीरको यो प्रोजेक्टको को- प्रोड्युसर समेत रहनेछन्।

भारतीय मिडियाहरुलाई आधार मान्ने हो भने आमिरले सो बिग बजेट चलचित्रको लागी कास्टिंग सुरु गरिसकेका छन्। साथै उनले लिड रोलका लागी बहुबाली फेम्ड अभिनेता प्रभाषलाई अप्रोच गरेका छन् र उनि चाहन्छन कि महाभारतको निर्देशन समेत एस.एस. राजामौलिले नै गरुन।

चलचित्र नगरीमा चर्चा यो समेत छ कि,आमिरको महाभारतमा द्रौपदीको भूमिका चर्चित अभिनेत्री दिपिका पादुकोणले निर्वाह गर्ने छिन्। साथै आमिर स्वयंले भने कृष्णको रोल प्ले गर्नेछन्। आमिर खान अहिले चलचित्र ”थग्स अफ हिन्दुस्थान”मा ब्यस्त छन् त्यसपछि उनले ‘महाभारत’ का लागि काम सुरु गर्ने छन्।

रिपोर्टसका अनुसार महाभारत ३ वटा सिरिजमा रिलिज गरिने छ र यी सबै सिरिजका लागि लगभग १० देखि १५ बर्ष लाग्ने सक्ने छ। चलचित्रको बजेट १ हजार करोड छ। जुन बलिउडमा अहिले सम्मकै सबै भन्दा ठुलो लगानी हो।

प्रतिक्रिया दिनुहोस्