‘इन्टु मिन्टू लण्डनमा’को कलरफुल ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज अभिनित फिल्म ‘इन्टु मिन्टू लण्डनमा’को ट्रेलर रिलिज भएको छ। सफल नृत्य कोरियोग्राफी पश्चात रेनाषा वान्तवा राईले यहिँ फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछिन् ।

पूर्ण व्यावसायिक बनाइएको ट्रेलर कलरफुल बनेको छ । बलिउड निर्देशक करण जोहरको फ्लेवरबाट निर्देशक प्रभावित छन् । ट्रेलर हेर्दा बलिउड १० को दशकमा निर्मित लभस्टोरी फिल्महरुको झझल्को आउँछ । करिब १ वर्ष लगाएर लण्डनमा छायाँकन गरिएको फिल्मको हेवी मेकिङ देखिएको छ ।

प्रेमकथामा आधारित फिल्ममा सारुक ताम्राकारको पनि मुख्य भूमिका छ । असोजमा ५ मा रिलिज हुने फिल्ममा विजय लामा, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिसा बजगाईं, जेमिमा टोम्स, एन्ड्रिउ मुल्लन, मेलिषा गुरुङलगायतका कलाकारले पनि अभिनय गरेका छ ।

प्रभु एसजेबी राणा र प्रज्वल एसजेबी राणाको लगानी रहेको फिल्ममा बिक्रम राणा/एन्जिला खत्रीको कोरियोग्राफी र सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, बसन्त सापकोटा, स्वप्न सुमनको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्