‘बिग बोस १२’मा यी पोर्न स्टार्सले लिदैछन यति महँगो पारिश्रमिक



रंगखबर, काठमाडौँ- भारतीय टेलीभिजन रियालिटी शो बिग बोसको बाह्रौ संस्करणको टि.आर.पी. शो अन एयर हुनु भन्दा अघिनै उचाईमा पुगिसकेको छ । बिस बोस १२ को यस पटकको थिम नै छुट्टै भएर पनि शोको चर्चा अहिले शो सुरु हुनु भन्दा अघि नै ह्वातै बढेको हो । यस पटक बिग बोसमा प्रतिष्पर्धीहरुले आफ्नो जोडीदारको साथ बिग बोस हाउसमा जानु पर्ने हुन्छ ।

यस पटकको बिस् बोसमा त्यस्ता धेरै जोडीहरुले घरमा तहल्का मचाउन तयार पनि भई सकेका छन । १६ सेप्टेम्बरबाट अन एयर हुन लागेको शोबाट कसले कति पारिश्रमिक पाउँदै छन  भन्ने बारे पनि चर्चा सुरु भै सकेको छ । शोमा पोर्न स्टार डेनी डी र महिका शर्मा पनि देखा पर्दैछन । उनीहरुलाई कलर्स च्यानलले अरु प्रतिष्पर्धीको हिसाबमा सबै भन्दा बढी परिश्रमिक दिएको छ । भारतीय मिडियाका अनुसार यी दुईलाई एक हप्ता बिग बोस घरमा बिताए वापत ९५ लाख भारतीय रुपैया दिईने बताएका छन । बिग बोसको सिजनमा यो सबै भन्दा बढी पारिश्रमिक दिईएको पहिलो पटक हो । शोमा पोर्न स्टारले भने दोश्रो पटक इन्ट्री गर्दैछन। यस भन्दा अघि सन्नी लियोनी बिग बोसमा देखा परेकी थिईन ।
एजेन्सीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्