नँया अनुहारका साथ ‘गीत गजल’ निर्देशन गर्दै नितिन चन्द



रंगखबर, काठमाडौँ- नितिन चन्दले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । यसअघि ‘जोनी जेन्टलम्यान’को निर्देशन गरेका उनले दोस्रो चलचित्रको नाम ‘गीत गजल’ जुराएका छन् । अघिल्लो चलचित्रमा नायक पल शाह र आँचल शर्माको जोडी बनाएर काम गरेका उनले ‘गीत गजल’मा नयाँ कलाकारसँग काम गर्दैछन् ।

नितिनले ‘गीत गजल’मा मुख्य कलाकारमा रुप पोखरेल र आरोही सिंहलाई नेपाली सिनेमामा डेव्यु गराउँदैछन् । विग बजेटमा निर्माण हुने सिनेमालाई आरोहण क्षेत्रीले निर्माण गर्दैछन् । लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको लागी मुख्य दुई कलाकार फाइनल गरिए पनि अन्य कलाकार छनोटको चरणमा रहेको निमार्ता आरोहण क्षेत्रीले बताए ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र मा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेन छ । भने चलचित्रको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ । गीत गजलको भाद्रको अन्तिम साताबाट छायांकनमा जाने गरि अहिले धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्