फ्यानहरुबाट एक्कासी घेरिदा डराईन ‘नागिन’ -भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ-  प्रदर्शनरत फिल्म ‘गोल्ड’बाट बलिउडमा डेब्यु गरेकी नागिन उर्फ मौनी रोयलाई अहिले बि. टाउनमा हट केकको रुपमा हेर्न थालिसकिएको छ । पहिलो फिल्म बाटै सबैको तारिफ बटुली सकेकी उनले उक्त फिल्म पश्चात फ्यान फलोईङ्ग पनि निकै राम्ररी कमाई सकेकी छिन । अहिले भने मौनीको एक भिडियो सोसल मिडियामा भाइरल बनि रहेको छ । जसमा उनलाई फ्यानहरुले घेरिरहेको देखन सकिन्छ । फ्यानहरु मौनीसँग सेल्फी लिनलाई आतुर देखिन्छन , जहाँबाट निस्किन उनलाई हम्मे हम्मे नै परेको देखन पनि सकिन्छ । फ्यानले एक्कासी घेरे पछि उनि डराएको भिडियोमा देखन सकिन्छ । बिना  सेक्युरिटी गार्ड भएकाले उनलाई त्यहाँबाट निस्किन गार्हो भएको थियो।

पहिलो फिल्म नै अक्षय कुमार जस्तो सुपर स्टारसँग गरेकी उनले कलर्स च्यानरको चर्चित धारावाहिक नागिनको दुई वटा सिजनमा काम गरेर चर्चा बटुली सकेकी थिईन, सो धारावाहिकको तेश्रो सिजन अहिले प्रशारण भई रहेको छ । जसमा उनको सट्टामा सुरवी ज्योतिले नागिनको भूमिका निर्वाह गरेकी छिन ।

भिडियो हेर्नुस:

प्रतिक्रिया दिनुहोस्