अमेरिकामा रुचाईयो ‘बाँध मायाले’



रंगखबर, काठमाडौँ- अष्ट्रेलियापछि फिल्म ‘बाँध मायाले’को अमेरिकामा शो सम्पन्न भएको छ । यही अगस्ट २८ तारिखमा त्यहाँको सान्फ्रान्सिस्को शहरमा फिल्मको प्रिमियर भएको थियो । प्रिमियर शोमा नायक आर्यन अधिकारी उपस्थित थिए ।

एक्सन लभ स्टोरी फिल्म ‘बाँध मायाले’ हेरेपछि दर्शकहरु भावुक हँदै हलबाट निस्किएको नायक अधिकारीले बताएका छन् । फिल्ममा समावेश एक्सन र लभ स्टोरीलाई दर्शकले रुचाएको आर्यनको भनाई छ । पुनः सेप्टेम्वर २ तारिखमा सान्फ्रान्सिस्कोमा फिल्मको शो राखिएको छ । नेपालमा भने यो फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रोमो केही दिनमै सार्वजनिक हुने निर्देशक श्रेष्ठ बताउँछन् ।

एक्सन लभ स्टोरी फिल्म ‘बाँध मायाले’ मा आर्यनको अपोजिटमा पुर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ प्रस्तुत भएकी छिन् । साथमा राजाराम पौडेल किशोर खड्का, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंगको अभिनय रहेको छ ।

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म ‘बाँध मायाले’ मा रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माताको रुपमा छन् भने सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् । बाबु श्रेष्ठको छायाँकन रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन र अर्जुन पोखरेलको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्