प्रेमको सुख-दुखमा आर्यन र सृष्टि



रंगखबर, काठमाडौँ – आर्यन अधिकारी र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’को ट्रेलर रिलिज भएको छ । सबिर श्रेष्ठ निर्देशित फिल्मको ट्रेलरमा प्रेमकथा झल्किन्छ । ट्रेलरमा आर्यन र सृष्टिको प्रेम, रोमान्स, बिछोड, पिडा र रोदनलाई समेटिएको छ ।

फिल्ममा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ र किशोर खड्काको पनि मुख्य भूमिका छ । किशोरका लागि ‘बाँध मायाले’ पहिलो फिल्म हो ।

असोज ५ गते रिलिज हुने फिल्मलाई रामहरि धिताल र बिविशिका श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, राजु ढुंगानाको सम्पादन, रोशन श्रेष्ठको एक्सन र बाबु श्रेष्ठको छायाँकन छ ।

प्रतिक्रिया दिनुहोस्