एक्सन, कमेडी: ‘धूम ३’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – जय किशन बस्नेतको अभिनय, लेखन, निर्माण र निर्देशन रहेको फिल्म ‘धूम ३’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा कमेडी र एक्सन फोकस्ड गरिएको छ । गत वर्ष रिलिज भएको यसको दोस्रो सृंखलाले राम्रो व्यापार गरेको थियो ।

असोज ५ गते रिलिज हुने फिल्ममा एलिना रायमाझी, प्रज्वल गिरी, लय संग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरबीर पण्डित र सिमरन कार्कीको पनि अभिनय छ ।

फिल्ममा तुलसी बाँस्कोटाको सम्पादन, हिमाल केसीको एक्सन तथा टंक बुढाथोकी र ओम सुनारको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्